दार्चुलामा जिप दुर्घटना ,११ यात्रुको मृत्यु :प्रहरीको आँखा छल्दा डरलाग्दो दुर्घटना

दार्चुला शनिबार फागुन १८ गते । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला(तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका(३ राताकाठाको भिरमा खसेको हो ।

शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जिपमा सवारमध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रनि कठायतले तीन महिलाको शव सडकमा निकालिसएिको जनाएको छ । चारजना महिला, तीनजना पुरुष र एकजना बालकको शव टर्च बालेर हेर्दा भिरमा देखिएको जनाएको छ

प्रहरी निरीक्षक कठायतले तीन महिला बाहेक अरु कसैको शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र निकालिने बताए । ‘राति भएकाले भिरमा जान सकिएन, तीन महिलाको शव निकालिसकिएको छ, चार महिला, तीन पुरुष र एक बच्चाको शव भिरमा अड्किएको देखियो निकाल्न सकिएन’, प्रहरी निरिक्षक कठायतले भने ।

गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको उनले बताए । उद्दारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगे पनि राति भएकाले भिरमा पस्न सकेन ।

जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । अध्याँरो भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । चालक बाहेक अरु कोही पनि जीवित अवस्थामा नभेटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तीन दिन अघि मात्रै राताकाठामा आएको पहिरोमा एक जनाको मृत्यु भएको थियो । पाँचजना स्थानीय घाइते भएको त्यस घटनामा आधा दर्जन बाख्रासमेत मरेका थिए ।

दार्चुला सदरमुकाम खलंगाबाट उत्तरपश्चिमी क्षेत्रस्थित घटनास्थल करिब ८ किलोमिटरको दुरीमा रहेको छ । एक दशकदेखि राताकाठामा निर्माणाधीन सडकमा प्रशाशनले एक वर्षदेखि जिप चल्न रोक लगाएको थियो ।

दिउँसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्याससहितका गाउँ जान मानिसहरु राती जिपमा सवार थिए । अन्नपुर्ण पोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार