दुई वटा वडामा हेलिप्याड निर्माण

बेनी आईतबार चैत्र १० गते । म्याग्दीको दुई वटा वडामा हेलिप्याड निर्माण भएको छ । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको हो ।
अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो ।

झिँ र शिख सहित म्याग्दीका ४५ मध्य १९ वटा वडामा हेलीप्याड निर्माण भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । सिमेन्ट र बालुवाले पिसिसी गरेर एच आकारको चिन्ह बनाइएको छ । म्याग्दीको मालिका गाउँपालिकाको ७ वटै वडामा हेलिप्याड निर्माण भैसकेको छ ।

त्यसैगरि ‘एक वडा एक हेलीप्याड’ अभियान अन्र्तगत अहिलेस्म्म मंगला र रघुगंगा गाउँपालिकामा ३ र बेनी नगरपालिकामा २ स्थानमा हेलीप्याड निर्माण भएको छ । अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्म परिसरमा रहेको हेलीप्याडलाई स्तरोन्नती गरि जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलीप्याड बनाईएको छ ।
शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले हेलीप्याड निर्माणमा श्रमदान गरेका छन् । भौगोलिक रुपमा विकटता रहेकाले आकस्मिक बिरामी, दुर्घटनाका घाइते, प्राकृतिक प्रकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज बनाउन हेलीप्याड बनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार