पर्यटकीय बराही ताल जाने सडक निर्माण

साधन राम्जाली

मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिनुभयो ।


उहाँका अनुसार देउगोरे ,झाम्ताबोट र दास हुँदै बराहि ताल सम्मका लागि आठ सय मिटर सडक निर्माण गरिएको छ । ८ सय मिटर लम्बाई रहेको सडकको चौडाइ ६ मिटर फराकिलो बनाइएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्धन गर्न मोटर बाटो निर्माण गरिको वडा अध्यक्ष ट‌ंकप्रसाद पुन मगरले बताउनुभयो । साथै पर्यटकिय स्थलमा तालमा घुम्न आउने पर्यटकलाई लक्ष्यित गरि बगैचा निर्माण गर्न वडा कार्यालयबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पुन मगरले जानकारी दिनुभयो । यसैगरि बराही तालको पर्यटन प्रवद्धन गर्न बराहि ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउराली सम्म मोटरबाटो निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

बराही ताल जानका लागि यस अघि वडा कार्यालयद्धारा पदमार्ग निर्माण गरिएको छ ।गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुमा पर्यटकको सेवा सुविधा लगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिका भित्र रहेका हरेक पर्यटकिय स्थलहरुको पर्यटन प्रवद्धन गर्न गाउँपालिकाले ठुलो आर्थिक लगानि गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार