पौडी खेल्न गएका बालक बेपत्ता

बेनी बुधबार फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजा सहित तीन जना साथीहरु बेनपा ७ मंगलाघाट स्थित म्याग्दी नदिमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । बेपत्ता भएका गर्बुजाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेनी नगरपालिका स्थित सामुदायिक माविमा कक्षा नौमा अध्ययनरत गबुर्जा मंगलाघाटमा आफन्त संग डेरामा बस्दै आएका थिए ।


कक्षा ९मा अध्ययनरत गर्बुजासंगै नदिमा पौडी खेल्न पसेका बेनी नगरपालिका ७ महारानीथान बस्दै आएका निल प्रसाद छन्त्याललाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । गहिरो एवम्् भुमरी परेकाले एक्कासी डुवेको छन्त्यालले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार