बरंजामा हेलिप्याड निर्माण

म्याग्दी मंगलबार फागुन २८ गते । जिल्लाको मंगला गाउपािलका– ३ बरंजामा हेलिप्याड निर्माण गरिएको छ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बंरजाको महेन्द्ररत्न माविको परिसरमा हेली अवतरण गर्ने हेलीप्याड निर्माण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको ‘एक वाड एक हेलिप्याडको’ अवधारणा अनुसार गाउँपालिका र वडाको समन्वयमा गलेश्वरस्थित शसस्त्र प्रहरी बलको टोली र जनप्रतिनिधि, कर्मचारी, विद्यालय र स्थानीयबासीहरुको सक्रियतामा मंगलबार हेलिप्याड निर्माण गरिएको बंरजाका प्राविधिक विपिन आचार्यले जानकारी दिनुभयाे ।


बरंजामा रहेको ३ र ४ वडाका जनताहरुलाई सुविधा पुग्ने गरि हेलिप्याड निर्माण गरिएको मंगला गाउँपालिकाकी उपाध्यक्ष एवम् हेलिप्याड निर्माणको संयोजक सिर्जना केसीले जानकारी दिनुभयाे ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तिहरुमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगोलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलीप्याड निर्माण अभियानले जिल्लाको सबै स्थानीय तहले प्राथमिकता दिएका छन् । यस अघि मंगला गाउँपालिकाकोे कुहुँ र हिदीमा हेलिप्याड निर्माण गरिएको छ। भने मालिका गाउँपालिको सबै वडामा हेलिप्याड निर्माण भईसकेको छ । यसैगरि बेनी नगरपालिकाको भकिम्ली र गलेश्वर र रघुंगगा गाउँपालिकाको पाखापानी र कुइँनेमंगलेमा हेलिप्याड निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार