बहिरङ्ग उपचार केन्द्रको प्रगतिबारे दरबाङमा दुई दिने समिक्षा गोष्ठी

दरबाङ्ग मंगलबार फागुन २१ गते ।म्याग्दीेको मालिकाको दरबाङमा बहिरङ्ग उपचार केन्द्रको प्रगतीबारे दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र सुआहारा मिलन म्याग्दीको प्राविधिक सहयोगमा मंगलबार गाउँपालिका केन्द्र दरबाङ्गमा धवलागिरी,मालिका र मंगला गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रको प्रगतीको दुई दिने समिक्षा गोष्ठी सम्पन्न भएको हो ।


सोमबारदेखी सुरु भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकामा संचालित बहिरङ्ग उपचार केन्द्रले ग्रामिण भेगमा रहेका कुपोषित बालबालिकाहरुको पहिचान गर्न सहज हुने र उनिहरुलाई कुपोषण हुनबाट बचाउन प्रभावकारी भुमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले बहिरङ्ग उपचार केन्द्रलाई गाउँपालिकाका सबै वडामा विस्तारका लागि गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।


दुई दिन सम्म संचालित कार्यक्रममा जिल्ला अस्पताल म्याग्दीका डाः मनोज घिमिरे, सुआहाराका केन्द्रीय मिनराज ज्ञवाली ,राजनन्दन मण्डल र मनिषा श्रेष्ठले प्रशिक्षण दिनुभएको सुआहारा फिल्ड संयोजक बालकुमारी पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार तीन गाउँपालिकाका स्वास्थ्य संयोजक र सात स्वास्थ्य ईन्चार्जहरुले कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा कार्यक्रमको उद्धेश्य तथा बहिरङ्ग उपचार केन्द्रको प्रभावकारीता लगायतका विषयमा केन्द्रीत छलफल भएको फिल्ड संयोजक पुन मगरले जानकारी दिनुभयो ।


बालबालिका ६ महिना देखी पाँच बर्ष भित्रका बालबालिकाहरुमा कुपोषितहरुको पहिचान गरि तयार पारिएको उपचाररत खाना सम्बन्धी प्रशिक्षण गराइएको थियो ।
हालसम्म मालिकामा दुई ,धवलागिरीमा चार र मंगला गाउँपालिकामा एक बहिरङ्ग उपचार केन्द्र संचालनमा रहेको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश थापा मगरले जानकारी दिनुभयो ।

तीन गाउँपालिकाका आठ बालबालिकाहरुमा कुपोषण पहिचान भएको र उनिहरुको बहिरङ्ग उपचार केन्द्रमा नियमित उपचार भइरहेको जिल्ला अस्पताल म्याग्दीका डाः घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय , वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदी ,वडा कार्यालय सदस्य गौमती चापागाई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार