बहिरा विद्यार्थीलाई पुरस्कार वितरण

समिर रोका मगर
बेनी मंगलबार चैत्र ५ गते । २०६२ साल बैशाख १ गते स्थापना भएको बेनि नगरपालिका ४ सिंगामा अबस्थित धौलागिरी माविका बहिरा स्रोत कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ।

मंगलबार सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बिधालयका पुर्ब प्रअ भुबन रेग्मिले पुरस्कृत बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै बिद्यार्थीहरुको प्रोत्साहनको लागि पुरस्कार बितरण गरिएको बताउनुभयो।

कार्यक्रममा कक्षा १ देखि ६ कक्षा सम्मका बार्षिक परिक्षामा प्रथम, दित्तिय , र तृतीय हुन सफल बिद्यार्थी सहित विभिन्न बिधामा पुरस्कृत १६ जना बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

बिद्यालय सन्चालनको सुरुवातको चरणमा बाग्लुङले बिद्यालय सन्चालनमा सहयोग गरेको र त्यसपछी प्लान नेपाल हुँदै हाल गाजा डेभलपमेन्ट बाग्लुङ र बिद्यार्थीहरुलाई छात्रवृत्ति नेपाल सरकारले प्रदान गर्दै आएको बहिरा स्रोत कक्षा शिक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो।

बिद्यालयका प्रअ दण्डपानी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन बिद्यालयका शिक्षक शंकर पाण्डेले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार