बासखर्कका पुर्जा पुनद्धारा शान्ति कोषलाई पचास हजार सहयोग

बेनी बिहिबार चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ ।

एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द्र पुर्जा पुनले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।

बुधबार सो आर्थिक सहयोग पुर्जा पुनले शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष शाक्यले सहयोग दाता पुर्जा पुनलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार