बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न

बेनी शुक्रबार फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

पूर्व विद्यार्थी तथा कलाकार सम्बोज मल्लको सांगितिक प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरुले प िनगित तथा नृत्य प्रस्तुत गरेका थिए । विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

जेष्ठ अभिभावक निलकण्ठ शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद पौडेल र अभिभावक कमल छन्त्यालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार