मुनामा मेलमिलाप तालिम

बेनी सोमबार फागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।

न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्ता ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो । तालिममा २९ जना जनप्रतिनिधि र अगुवाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापनका क्रममा जिल्ला न्यायाधिश राजकुमार कोइरालाले न्यायिक समितिले प्रभावकारी रुपमा काम गर्न सकेमा जनताले स्थानीय तहको अनुभुति गर्न सक्ने बिचार व्यक्त गर्नुभयो । न्याधिश कोइरालाले गाउँघरमै बिवाद, झगडालाई मेलमिलापको माध्यमबाट निरुपण गरेर न्यायलाई सर्वसुलभ, सहज र आम नागरिकको पहुँचमा पु¥याउन न्यायिक समितिको अवधारणा आएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिका र वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो । तालिममा सहभागि बालकुमारी सुनार र देवबहादुर थापाले महत्वपूर्ण ज्ञान, सिप हाँसील गरेको बताउदै व्यवहारमा प्रयोगमा ल्याउने बताउनुभयो । तालिम समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष रेशम छन्त्यालले लेनदेन सम्बन्धी एउटा मुद्दालाई तालिमको अभ्यासको क्रममा मेलमिलाप गरेर टुङग्याइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार