मोना कतारको अध्यक्षमा तिलु शर्मा पौडेल

म्याग्दी, शनिबार फागुन २५ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा तिलु शर्मा पौडेल निर्वाचित हुनुभएको छ । शुक्रवार सम्पन्न मोना कतारको नवाँै साधारण सभाबाट म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएर हाल कतारमा रहनुभएका पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

त्यसैगरि बरिष्ठ उपाध्यक्षमा मिन बहादुर कार्की, प्रथम उपाध्यक्षमा नरेन्द्र फगामी, द्धितिय उपाध्यक्षमा लुक बहादुर रसाईली, महासचीबमा थमकुमार गिरी र सचिबद्धयमा देवीदत्त कँडेल र भुमिश्वर सापकोटा चयन हुनुभएको छ । साधारण सभाबाट कोषाध्यक्षमा कोषाध्यक्षमा अजय कुवर र सह कोषाध्यक्षमा गोकुल बिक चयन हुनुभएको छ । समितिको सदस्यहरुमा कुलमती सुनार , मनबहादुर सार्की, डम्बर बहादुर थजाली, टेकसागर बिश्वकर्मा, चक्र बहादुर खत्री, निल प्रसाद पुन ,गंगा बस्नेत र हेम बानिया चयन हुनुभएको छ ।

१६ औँ बार्षिकोत्सवको अवसरमा आयोजित साधारण सभाको मोना अन्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभएको थियो । मोना कतारका निबर्तमान अध्यक्ष रमेश पौडेलको अध्यक्षता ,निबर्तमान महासचिव राजु पौडेल र निबर्तमान बरिष्ठ उपाध्यक्ष तिलु पौडेलको को संचालानमा सम्पन्न कार्यक्रममा सस्थाका निबर्तमान उपाध्यक्ष मिन बहदुले कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमलाई मोना अन्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्षद्वय योग कुमार फमागी र प्रेम रसाइलि, महासचिव मिम पुर्जा, केन्द्रिय सदस्य लोक राना, मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, एनआरएन कतारका उपाध्यक्ष शुदर्शन भट्ट , मानार्थ सदस्य टि बि कार्की, बिभिन्न प्रदेश समन्वय परिषद्का प्रमुखहरु, बिभिन्न बैचारिक, सामुदायिक तथा जिल्ला सस्थाका प्रमुखहरु लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको गरिमालाई थप उचाईमा पु¥याउन व्यवहारिक रुपमै सक्रिय भएर लाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार