म्याग्दीबाट एसईईमा २२ सय ४२ विद्यार्थी सहभागी हुँदै, ३१ जना अयोग्य

साधन राम्जाली
बेनी मंगलबार चैत्र ५ गते ।
यो बर्षको माध्यमिक परिक्षा (एसइइ)मा म्याग्दीबाट दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने भएका छन् । ९ वटा परिक्षा केन्द्र रहेको म्याग्दीबाट एक हजार १ सय ११ छात्रा र एक हजार १ सय ३१ छात्र गरि कुल दुई हजार २ सय ४२ जना परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका निमित्त प्रमुख केश बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।

आगामी चैत्र १० गतेदेखी सुरु हुने परिक्षामा दुई जना दृष्टिविहीन छात्र पनि एसइइमा सहभागी हुदैछन् । उहाँका अनुसार गत बर्षको अनुपातमा यो बर्षको परिक्षामा परिक्षार्थीको संख्यामा कमी आएको छ । गत बर्षको परिक्षामा २ हजार ३ सय ९४ विद्यार्थीले एसइई परिक्षामा सहभागीता जनाएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

७५ प्रतिशत हाँजिरी नपुगेका कारण परिक्षाका लागि आवेदन दिएका मध्य ३१ जना परिक्षामा सहभागि हुनबाट बञ्चित भएका छन् । विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनिहरुले परिक्षा दिनबाट बञ्चित भएका हुन् ।

परिक्षा दिनबाट बञ्चित हुनेमा सबैभन्दा बढी ५ जना धवलागिरी गाउँपालिका २ को लमसुङ माविका छन् । प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसइइमा सहभागिताका लागि आवेदन फारम भरेका ३० जना मध्य ५ जना पनि हाँजिरि नपुगेकाले अयोग्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार