म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु

बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लगाइएको प्रहरी निरिक्षक लोकबहादुर गुरुङले बताउनुभयो । बर्षा र हिउँ परेर चिप्लो भएको ठाउँमा टेक्ने क्रममा चिप्लीएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार