युकेबासीद्धारा रातोढुङ्गाका वोन क्यान्सर पिडित रोकालाई करिव साढे २ लाख आर्थिक सहयोग

दरबाङ, मंगलबार फागुन २१ गते । म्याग्दीको मालिका गाउँपालिका –६ दुखुबेशी,रातोढुङ्गाका वोन क्यान्सर पिडित १७ बर्षिय गजिन रोका मगरलाई युकेमा कार्यरत नेपालिहरुले आर्थिक सहयोग गरेका छन् ।

एक बर्षदेखी वोन क्यान्सरबाट पिडित रोका मगरलाई युकेमा कार्यरत दुखु निवासी समाजसेवी दलबहादुर रोका मगरको संयोजकत्वमा युकेमा कार्यरत नेपालीहरुबाट संकलित दुई लाख ४६ हजार ८ सय ५२ रुपैयाँ पिडित रोका मगरको परिवारलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार आर्थिक सहयोग संकलन अभियान संयोजक एवम् समाजसेवी रोका मगरले एक कार्यक्रमका विच स्थानिय युवा क्लब ,आमा समुह तथा विभिन्न सरोकारवालहरुको उपस्थितीमा पिडित रोका मगरको बुबा खगेन्द्र रोका मगर र आमा . मनकुमारी रोका मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।


सहयोग रकम हस्तान्तरण गर्नुहुँदै आर्थिक संकलन संयोजक एवम् समाजसेवी रोका मगरले अकल्पनिय रोग संगै चरम आर्थिक अभाव झेल्दै आइरहेका परिवारमा परेको आर्थिक ऋणको भारलाई कम गर्न आर्थिक सहयोग गरिएको बताउनुभयो । ्

‘अकल्पनिय रोगसंगै लड्डै आइरहेका पिडित परिवारलाई परेको आर्थिक भारको पिडा कम गर्न मलम लगाउन सकियोस् भनि हामिले आर्थिक सहयोग गरेका हौं ’उहाँले भन्नु्भयो । ‘मानवियताको धर्मलाई आत्मसात गर्दै खानाको गाँस कटाएर मेरो अभियानमा सहयोग सबै युकेबासीहरुमा आभारी तथा सबैलाई धन्यवाद व्यक्त गर्दछु ।’ सहयोग रकम लिँदै पिडित रोका मगरका बुबा खगेन्द्रले परदेशमा आफ्नो पसिना कटाएर आफुहरुलाई सहयोग गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । साथै उहाँले सहयोग छोराको उपचार शिक्षका लागि प्रहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


पिडित रोका मगरको वोन क्यान्सरका कारण देब्रे हात काटिएको छ । निम्न आर्थिक अवस्था रहेको परिवारलाई उपचारको क्रममा ठुलो ऋण लागेको पिडित रोका मगरका बुवा खगेन्द्रले बताउनुभयो । क्यान्सर पिडित रोका मगर दरबाङमा रहेको जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य अनिल राम्जाली मगर, स्थानिय मिटेरी युवा क्लब तथा नेपाल मगर संघ मालिका गाउँपालिका इकाई अध्यक्ष राजेन्द जुग्जाली मगर , पश्चिम म्याग्दी मगर समाज पोखराका अध्यक्ष चित्र बहादुर रोका मगर , जनहित आमा समुह उपाध्यक्ष मनसुपा रोका मगर , सति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल गुरुङ ,स्थानिय लमसुङ दोविल्ना वन उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद रोका मगर लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा समाजेसेवी रोका मगरलाई स्थानिय आमा समुहले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार