विद्यालयमा भलिबल प्रशिक्षण

बेनी बिहिबार चैत्र ७ गते

जिल्लाको सदरमुकाम बेनीमा रहेको बेनि सामुदायिक माध्यमिक विद्यालयमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।शैक्षिक क्षेत्रमा साविक पश्चिमाञ्चलमा उत्कृस्त विद्यालयको रुपमा पुरस्कृत हुन सफल विद्यालयमा दुई महिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

शैक्षिक गुणस्तर संगै खेलकुदको विकास गर्ने लक्ष्य सहित विद्यालयको आयोजना र जिल्लाका भलिबल प्रशिक्षक तेजिन्द्र बानियाँको प्रशिक्षणमा कार्यक्रम दुई महिना सम्म संचालन हुने प्रअ दिपक श्रेष्ठले जानकारी दिनुयो ।

विद्यालयमा शैक्षिक गतिविधी संगै खेल क्षेत्रलाई पनि पुरस्कृत बनाउन र विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रअ श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय भलिबल खेलको जिल्लाको रुपमा परिचित म्याग्दीमा खेललाई मर्यादित ,अनुशासन र उत्कृस्ट बनाउन जिल्ला स्थितका विद्यालय तथा खेलप्रेमी संस्थाहरुले मान्यता प्राप्त प्रशिक्षकबाट प्रशिक्षण लिइरहेका छन् ।

जिल्लाबाट भलिबल खेलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको म्याग्दी भलिबल खेलका लागि लोकप्रिय मानिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भलिबल खेल मार्फत जिल्ला तथा देशको गौरब बढाएको प्रशिक्षक बानियाँले बताउनुयभयो । जिल्ला ,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भलिबल खेल क्षेत्रमा म्याग्दीले ठुलो योगदान दिए पनि सरकारको प्राथमिकतामा नहुँदा खेलाडी उत्पादनमा ठुलो चुनौती रहेको बताउनुहुन्छ ।

प्रशिक्षणले ग्रामिण भेगमा लुकेर रहेका खेल प्रतिभाको उजागर हुनुका साथै मेला तथा विभिन्न उत्सवहरुमा आयोजना हुने भलिबल खेललाई मर्यादित र अनुशासित बनाउने प्रशिक्षक बानियाँले विश्वास व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकासका लागि स्थानिय ,प्रदेश तथा संघिय सरकारले ध्यान दिनुपर्नेमा भलिबल प्रशिक्षक एवम्् जिल्ला भलिबल संघ म्याग्दीका उपाधयक्ष समेत रहनुभएका बानियाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार