विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध

काठमाडौं मंगलबार फागुन २८ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार