सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा प्यानर अनावरण समेत गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीले विक्रम संवत् २०६९ सालमा सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपैयाँमा जग्गा खरिद गरि रु २९ लाख ५९ हजार ४२५ लगानीमा दुई बर्षमा भवन निमार्ण गरेको थियो । भवन उद्घाटन लगत्तै अहिले काँग्रेस शिर्ष नेता बेनीमा आयोजित आमसभामा सहभागी हुनुभएको छ ।

आम सभालाई पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापती देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गनुभएको थियो । आमसभा सुरु हुनुपूर्व बेनीमा शक्ति पर्दशन सहित प्रभातफेरी ¥याली गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार