सीके राउतले पार्टीको नाम फेरे

लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।

आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्णय गरेको हो। साथै बैठकले पार्टीको नामसँगै झण्डा पनि फर्ने निर्णय गरेको छ।

कुशवाहले दिएको जानकारीअनुसार गठबन्धनको झण्डा रातो, सेतो, हरियो रंगमिश्रित ठाडो धर्के रहने छ। झण्डाको बीच भागमा रातो रंगको अष्टकोणको संकेत रहने बताइएको छ। यस्तै पार्टीको लोगो पनि तय गरेको गठबन्धनले जनाएको छ। पार्टीको लोगोमा अष्टदलको छेउमा देवनागरी र रोमन भाषामा लेखिने भएको छ। बैठक जारी छ।

सुरक्षा व्यवस्था कडा पारिएको छ। बाहिर नेपाल प्रहरी तथा सशस्त्रले सुरक्षा दिए पनि भित्र कसैलाई छिर्न दिइएको छैन। आजको बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यकारी समिति गठन गरेको पनि परिषद् सदस्य कुशवाहले जानकारी दिए।

यसैबीच भोलि लहानको सहिदचोकमा राउतलाई गठबन्धनले नागरिक अभिन्दन गर्ने तयारी गरेको जानकारी दिएको छ। बैठकमा जनतामाझ कसरी जाने भन्नेबारे पनि निर्णय भएको बताइएको छ। नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार