स्वर्गिय प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग

बेनी बुधबार चैत्र १३ गते ।
स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्रिय नागोया कार्यसमितिले ८९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग बेनीमा बुधबार आयोजित एक कार्यक्रमका विच मोना नागोया क्षेत्रिय अध्यक्ष रुपेश चोचाङ्गी पुन ,कोषध्यक्ष राम बहादुर किसान र सदस्य तेकप्रसाद पौडेलले स्वर्गिय प्रमिलाकी सासु गुमा दर्जि र नन्द सपनालाई हस्तान्तरण गर्नुभएको हो ।


जापानकोृ नागोयामा कार्यरत म्याग्देली र नेपालीहरु मार्फत संकलन भएको सहयोग रकमलाई स्वर्गिय प्रमिलाकी छोरीको शिक्षा र भविश्यमा राहत पुगोस भन्ने उदेश्यले सहयोग गरिएको मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष चोचाङ्गी पुनले बताउनुभयो ।

बे्रन ट्युमरबाट पिडित भई नवजात बालिकाको आमाको जापानमै मृत्यु भएपछि अहिले बालिकालाई स्वदेशमा घरमै राखेर घरपरिवारले पालनपोषण गरेका छन् । क्षेत्रीय समिति नागोयाले आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित भएकाहरु र दैविक प्रकोप पिडित, अस्पतालको सैयामा पुगेर आर्थिक अभाबको कारण छटपटाइरहेकाहरुलाइ राहत सहयोग गर्दै आएको छ । अध्ययन, रोजगार र व्यापार व्यवसायको शिलसिलामा जापान पुगेका म्याग्देली र नेपालीहरुसंग सहकार्य गरि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कोषाध्यक्ष रामबहादुर किसालने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार