हावाहुरीका कारण राम्चे आधरभुत विद्यालय भवनमा क्षति

बेनी शुक्रबार चैत्र ८ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो ।

हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित भएको प्रअ छोटेलाल ठाकुरले बताउनुभयो ।


यता शुक्रबार बसेको गाउँकार्यपालिका बैठकबाट विद्यालय भवन मर्मत गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । ‘विद्यालयमा पु¥याएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाले प्राविधिक टोली खटाएको छ ’उहाँले भन्नुभयो ।
‘प्राविधिक टोलिको सिफारिसको आधारमा गाउँपालिकाले मर्मतका लागि जस्ताको पाता र आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय भएको छ ।’ सो विद्यालयमा करिब ५० जना विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार