६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्
मंगलबार, बैसाख १० गते
। म्याग्दी न्युज संवाददाता
कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभएको थियो । विरबहादुरले मलेसिया गएको नौ महिनाको अवधिमा घरमा दुई लाख रुपैयाँ पठाउनुभएको थियो । नौ महिना सम्म सम्पर्कमा रहनुभएका विरबहादुर पैसा पठाए देखी ६ बर्ष भए पनि हाल सम्म कुनै अत्तोपत्तो नभएको विरबहादुरका बुबा बल बहादुर विश्वकर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ६ वर्षअघि २०७० सालमा मलेसिया जानुभएका विरबहादुर लामो समयसम्म घर नफर्किए पनि घरपरिवारमा उहाँ आउने आशा भने मरेर गएको छैन् ।
६ वर्षदेखि सम्पर्कविहिन रहनुभएका आफ्नै पुुसाजु भिम प्रसाद सुनार र सागर खत्री (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका तीन भाई मध्यका विरबहादुर माईला हुुनुहुनछ ।
विरबहादुर सम्पर्क्विहीन भएपछि उहाँको परिवारको बिचल्ली भएको छ । साथै उहाँका बुबा बल बहादुर विश्वकर्माले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ । खोजि कार्यमा सहयोग गर्न सम्पर्क मोबाइल नम्बर ः
बुबा बलबहादुर विश्वकर्मा ः ९८४६९४८९३९ छिमेकी कृष्ण बहादुर खत्री केसी : ९८४६९४८९३९
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…