अन्नपुर्णको नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम सुरु

बेनी बुधबार चैत्र२७ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सुरु भएको छ ।

सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको तालिममा नारच्याङ, दाना, भुरुङ–तातोपानी र दोवाका १४ वटा विद्यालयको आधारभुत तहका ६२ जना शिक्षकहरुको सहभागिता रहेको लर्नका कृष्ण तिलीजाले जानकारी दिनुभयो ।

तलिममा गणित, सामाजिक र अंग्रेजी सम्बन्धी विषयगत रुपमा सिकाइका तरिका र शैक्षिक सामग्री निर्माण तथा प्रयोगका विषयमा शिक्षकहरुलाई शैद्धान्तिक र व्यवसारिक ज्ञान, सिप प्रदान गरिने जनाइएको छ ।

लर्नका कार्यक्रम व्यवस्थापक मिन शाही, शिक्षा विकास अधिकृत गोपाल ढुङ्गेल, सदस्य कैलाश तामाङ र प्रशिक्षक नविन पौडेलले तालिमको सहजिकरण गर्नुहुने जनाइएको छ ।

तालिमको अवसरमा शैक्षिक सामग्रीको प्रर्दशनी सहितको म्याट्रिक्स मेला पनि आयोजना गरिएको छ । कक्षा कोठामा शैक्षिक सामग्रीको निर्माण र प्रयोग गरि बालमैत्री बिधिबाट पठनपाठन गराउन अन्नपूर्ण गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा लर्नले कार्यक्रम सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार