ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न

बेनी मंगलबार चैत्र १९ गते ।
मालिका गाउँपालिका –४ नं वडा ओखरबोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो ।

भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट १ करोड १८ लाख रुपैयाँ बजेट विनियोेजन भएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्षमा विनियोजित २९ वटा योजना मध्ये ९० प्रतिशत योजनाको काम सम्झौता गरी ३५ प्रतिशत योजना सम्पन्न भएका छन् । भने चार वटा योजना सम्झौता हुन बाँकी रहेका छन् ।

योजना सम्पन्न हुनेमा पुर्वाधार विकास तर्फ ,सडक मर्मत ,विद्यालय खेलमैदान ,क्लबको खेल मैदान र पहिरो नियन्त्रण टटबन्ध लगायत छन् । सामाजिक विकास तर्फ दलित सामुदायिक भवन सम्पन्न भइसेको वडा अध्यक्ष शेरचनले जानकारी दिनुभयो । वडामा विनियोजन भएका योजनाहरु जेठ अगावै सक्ने लक्ष्य लिएको अध्यक्ष शेरचनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार