कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य

बेनी आईतबार चैत्र २४ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो ।

पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको उहाँको भनाई छ । पार्टीलाई नयाँ संरचना अनुसार रुपान्तरण गर्न नसकेमा अस्तित्व संकटमा पर्ने बताउनुभयो । नेता आचार्यले मुलुकको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

’गुटबन्दीको रोगका कारण पार्टीको आन्तरिक शक्ती निर्माण हुन सकेको छैन्’, नेता आचार्यले भन्नुभयो ’ ‘गुटगत रोगबाट उपचार मार्फत काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।’ पार्टी गुटगतमा केन्द्र्रीत भएकाले कमजोर भएका कारण प्रतिपक्षीको भूमिका प्रभावकारी बन्न नसकेको उहाँको भनाई छ ।


स्वदेशी निजि र सरकारको लगाानीले मात्र आर्थिक विकास हुन नसक्ने जिकिर गर्नुभयो । साथै उहाँले उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाण्डौको गुटबन्दीले तल्लोतह कार्यकर्तामा निराशा छाएको बताउनुहुँदै आचार्यले सबैले गुटबन्दी त्यागेर एक ढिक्का भई विशाल पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो ।


साथै बर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्नमुख भएको बतउनुहुँदै आचार्यले सरकारको ज्यादती रोक्न कांग्रेसले संसदन र सडक मार्फत प्रतिकार गर्नुपर्ने बताउनुभयो । सरकारले विभिन्न बाहनामा सर्वसाधारण नागरिक र आमसञ्चारलाई सास्ती दिने गरेको आरोप लगाउनुभयो ।


कम्युनिष्ट सरकारले महङगी ,भ्रष्टचार,बलत्कार ,हत्या र हिंसालाई बढवा दिएको उहाँको भनाई छ । लोकतान्त्रीक पद्धतीमा सरकारले राजनितिक दल माथी प्रतिबन्ध लगाएर अधिनायकबादको शासन स्पष्ट भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मयाग्दीका निबर्तमान सभापति एवम् संविधान सभाका पुर्व सदस्य रेशम बहादुर बानियाँ ,उपसभापति माधवप्रसाद रेग्मी लगायतले सरकारको कार्यशैलिलाई लिएर चर्काे आलोचना गर्नुभएको थियो । भने सहभागिहरुले पार्टीले तल्लोतहका कार्यकर्ताहरुलाई महत्व नदिएको गुनासो गरेका थिए ।


उपसभापति रेग्मीको सभापतित्व ,प्रवक्ता अजय मिलन श्रेष्ठको स्वागत र सचिव क्याप्टेन मिन बहादुर कार्किको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार