गुरुङ परिवारद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी सोमबार बैशाख ९ गते ।

पर्वतको जलजला गाउँपालिका – ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।


शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा गुरुङको चौरासी पुजाका अवसरमा गरिएको तुलादान बापतको उक्त रकम सोमबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।


गौसुवा गुरुङको बैशाख ६ गते चौरासी पुजा गरिएको थियो । चौरासी पुजाको अवसरमा तुलादानको रकम गरिब र विपन्न उपचार कोषमा आमाको इच्छा अनुसार सहयोग गरेको गुरुङले बताउनुभयो ।

गुरुङ कल्याण कोषका अध्यक्ष समेत रहनुभएका रुद्र सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ । कल्याणकोषले सामाजिक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार