जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

साधन राम्जाली

बेनी सोमबार चैत्र २५ गते ।
म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकलित आर्थिक सहयोगमा खरिद गरिएको नयाँ घर सहित आर्थिक सहयोग गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर मार्फत बुधबार पिडीत शेरचन र आफन्तलाई हस्तान्रण गरिएको छ ।

६ लाख पचास हजार रुपैयाँमा घर खरिद गरिएको छ । भने चर्पि लगायत अन्य व्यवस्थापनमा पाँच लाख पचास हजार खर्च भएको आर्थिक सहयोग अभियान्ता शेरचनले जाकारी दिनुभयो ।


२५ लाख मध्ये बाँकी रहेको १३ लाख रुपैयाँ पिडीतका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षकोष समिती गठन गरी गरिमा विकास बैंकमा चेटनारायण भरण पोषण कोष स्थापना गरि जम्मा गरिदिएको आर्थिक सहयोग अभियान्ता शेरचनले जानकारी दिनुभयो ।

घर र आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोका मगरले आगलागिबाट विचल्लीमा पर्नुभएका शेरचन दम्पत्तीलाई प्रवासीहरुले आर्थिक सहयोग गरी पिडीतको घाउमा मलम लगाउने काम गरेको बताउनुभयो ।

समाजमा आईपर्ने विपद्मा एकले अर्कोलाई सहयोग गर्नु नै मानविय मुल धर्म भएको बताउनुहुँदै अध्यक्ष रोका मगरले सहयोगदाताहरु प्रति धन्यवाद व्यक्त गर्नुभयो ।


अग्नी पिडीत शेरचनलाई गाउँपालिकाले विपद् व्यवस्थापन कोष मार्फत आपतकालिन राहतका लागि १५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो ।
यसैगरी आर्थिक अभियान्ता शेरचनले अफ्नो अभियानमा आर्थिक सहयोग गर्ने सबैलाई अभार व्यक्त गर्नुभयो ।

त मंसिर ६ गते घरमा अचानक आगलागि हुँदा घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो । घरबार बिहिन हुनुभएका अग्नी पिडीत शेरचन दम्पत्तीलाई भिम मावि जुनियर रेडक्रस सर्कलले ११ हजार बराबरको खाद्यन्न र सुर्य मुखी युवा क्लबले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको क्लब अध्यक्ष भक बहादुर घर्ति मगरले जानकारी दिनुभयो । ्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार