तरुणदल दल म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बेनी ,सोमबार बैशाख १६ गते ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर तरुण दलले वाइड बडी, बूढीगण्डकीलगायतमा भ्रष्टाचार भएको भन्दै ध्यानाकर्षण गराएको तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले बताउनुभयो ।


भ्रष्टाचारविरूद्ध खबरदारी सहित एकदर्जन मागको सम्बोधन नभए अर्को आन्दोलन चर्काउने छन्यालले बताउनुभयो । उहाँले सरकारको गलत गतिविधिको खवरदारी गर्ने गरी तरुण दलले आन्दोलनलाई शसक्त बनाउने बताउनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुण दलका सचिव सुमन बानियाँ लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार