निजामती कर्मचारी संगठनको स्थापना दिवसमा सरसफाई

बेनी शनिबार बैशाख ७ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ ।


स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो ।


गत वर्ष ४०० कफिका बिरुवा रोपिएको संगठनका चित्रनाथ शर्माले बताउनुभयो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपाका नेता तथा पूर्व सांसद गोविन्द पौडेल, प्रजिअ लीलाधर अधिकारी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार