निर्माण व्यवसायी संघमा सल्लाहकार चयन

बेनी मंगलबार बैशाख १७ गते ।

निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो ।

लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको अध्यक्ष जिसीले बताउनुभयो । यसैगरी प्रवीन शाहीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । अधिवेशनको खर्च अनुमोदन गरेको बैठकले आगामी साउन १२ गते अध्यक्ष जिसीको नेतृत्वमा दक्षिण कोरियाको भ्रमणमा जाने निर्णय समेत गरेको छ ।

यसैगरी मुद्दामामिला र प्रचारबाजी गरेर संघलाई बदनाम गराउने गतिबिधिप्रती आपत्ती जनाउँदै खेद व्यक्त गरेको छ । संघका अध्यक्ष जिसी विरुद्ध उच्च अदालत पोखराका बागलुङ इजलासमा संघका पूर्व अध्यक्ष कृष्णकुमार शेरचन र पुर्व बरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाले दर्ता गरेको मानहानि मुद्दा चैत २८ गते खारेज भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार