निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते

गुल्मी आइतबार बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो ।

ढलान गर्दा गर्दै भत्किएको पुल

गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ ।

बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा ठेकेदार सहित ५ जना घाईते भएका छन । घाइते सबै को बालुङको हटियामा उपचार भइरहेको वडा नं ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले सल्लेरी खबरलाई बताए ।

वाइपी कन्ट्रकसनले ५ करोड लागतमा ठेक्का लिएको थियो भने यहि आर्थिक वर्षमा पुल निर्माणको कााम सम्पन्न गर्न लक्ष्य रहेको थियो । सल्लेरी खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार