नेकपा म्याग्दीको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ

बेनी सोमबार बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

नेकपाको ७१ औ स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटिले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको हो । नेकपा म्याग्दीको अध्यक्षमा चयन हुनुभएका पौडेल तत्कालीन नेकपा माओवादी केन्द्रको सचिव हुनुहुन्थ्यो भने श्रेष्ठ तत्कालीन एमालेको जिल्ला अध्यक्ष रहनुभएको थियो ।

प्रथम संबिधानसभाका सदस्य समेत भइसक्नुभएका पौडेल जिल्लाका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । तत्कालीन अर्थुङे गाविसको अध्यक्ष निर्वाचित हुनुभएका श्रेष्ठले तत्कालीन नेकपा एमालेको दुई कार्यकाल अध्यक्ष बन्नुभएको थियो ।

अध्यक्ष पौडेल र सचिव श्रेष्ठले पार्टी एकताको बाँकी कार्यलाई पुरा गरी बालियो संगठन निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । यसैगरी नेकपा मुस्ताङको अध्यक्षमा चन्द्रमोहन गौचन र सचिवमा सत्यनारायण शेरचन चयन हुनुभएको छ ।

बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र ज्ञामनाथ गैरे सचिव, पर्वतमा पदम गिरी अध्यक्ष र सुदिप कुँवर सचिवमा चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार