मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय जागरण अभियान भकिम्लीमा

दिपक मंगोल
बेनी आइतबार बैशाख ८ गते ।
मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । यसै गरी शनिबार बेनी नगरापालिका –३ भकिल्मीमा पनि राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको आयोजनामा “गाउँ गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ”ँराष्ट्रिय अभियान अन्र्तगत भकिम्लीमा सो जागरण अभियान संचालन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् कार्यक्रमका प्रशिक्षक केन्दी्रय सदस्य दिक्पाल मंगोलले स्थापना समय देखि नै मंगोल नेशनल अर्गनाईजेशनले लोकतन्त्र, धर्मनिरपेक्ष, र प्रान्तिय सरकारको वकालत गर्दै आईरहेको बताउनु भयो । उहाँले नेपालको संविधानले आर्य र मंगोलको अस्तित्वमा विभेद गरेको बताउनुहुँदै हक अधिकार र अस्तित्व प्राप्तीका लागि बैचारिक बहस, कलम र विचारको युद्धबाट शसक्त भएर अगाडी बढ्ने उ्घोष गर्नुभयो ।

आफ्नो अस्तित्व स्थावित गर्न सबै एकजुट भएर मंगोल नेशनल अर्गनाईजेशनको अभियानमा सहभागी हुन र वर्णभेदी नितिको खुलेर विरोध गर्न समेत आग्रह गर्नुभयो .।
एमएनओ म्याग्दी सभाका अध्यक्ष चित्रबहादुर जुग्जालीको अध्यक्षता ,केन्द्रीय सदस्य दिक्पाल मंगोल (प्रेम छिरिङ सेर्पा)को प्रमुख आतिथ्यता र म्याग्दी सभा सचिव ओम विकास पुनको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा म्याग्दी सभा अध्यक्ष जुग्जाली ,गण्डकी प्रदेश सभा अध्यक्ष ,नविन गरुङ,प्रदेश सदस्य कुशल रोका मगर र रण बहादुर फागामीले मन्तव्य व्यक्त गर्नुभएको थियो । जागरण कार्यक्रममा जिल्ला सदस्य जिवन पुन,दिपक मंगोल तथा कार्यकताहरुको उपस्थिती रहको थियो ।

यसैगरी राष्ट्रिय जागरण अभियान अन्तर्गत बेनपा चिनाखेत टोल सभा र बेनपा ३ वडा सभा गठन गरिएको छ । दिलबहादुर पुनको अध्यक्षतामा १७ सदस्यीय चिनाखेत टोल सभा गठन गरिएको छ । अध्यक्ष पुन संगै सचिवमा भिम थापा, सह–सचिवमा जसबहादुर छन्त्याल र कोषाध्यक्षमा देउकली पुन सहितको १७ सदस्यीय टोल समिति गठन गरिएको हो ।

यसैगरी सोहि कार्यक्रममा खिमबहादुर आले मगरको अध्यक्षतामा वडा सभा गठन गरिएको छ । अध्यक्ष आले मगर संगै सचिवमा मिलन घर्ती मगर, सह–सचिवमा मनिकला घर्ती आले, कोषाध्यक्षमा रमेश आले मगर सहित १५ सदस्यीय वडा सभा गठन गरिएको जिल्ला सभा सदस्य दिपक मंगोलले जानकारी दिनुभयो ।नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई जिल्ला सभाका अध्यक्ष चित्रबहादुर जुग्जालीले सपथ ग्रहण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार