मगर जातिको इतिहास र योगदान बारे नयाँ दिल्लीमा छलफल

नयाँ दिल्ली, सोमबार चैत्र २५ गते । मगर जातिको इतिहास र योगदान बारेमा नयाँ दिल्लीमा छलफल सुरु भएको छ। नेपाल र भारतमा मगर जातिको इतिहास संकलन गर्दै उनीहरुको योगदान स्मरण तथा अस्तित्व स्थापना गर्ने जमर्को सुरु गरिएको हो।

भारतमा बसोबास गर्दै आएका मगर समुदाय संगठित भएर कानुङ लाङ्घाली मगर समाजको स्थापना गरेर अभियान शुरु गरेका हुन्। समाजले दिल्ली विश्वविद्यालयको सभाहलमा पहिलो परिचयात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर दुवै मुलुकबीच आफ्नो अस्तित्व स्थापित गराउने तथा नेपालको आर्थिक सामाजिक तथा राजनैतिक क्षेत्रमा गर्न सकिने योगदान बारे चर्चा गर्ने छ।

कार्यक्रमकी मुख्य अतिथि लेखक ज्योति थापा मगरले मगर जातिले गोर्खा सैनिकको रुपमा कमाएको ख्याति स्मरण गर्दै भनिन्, ुसाहसी सिपाहीका रुपमा भारतीय रेजिमेन्टमा छुट्टै पहिचान बनाएका गोर्खा रेजिमेन्टमा मगर जातिकै बाहुल्यता रहेको र उनीहरुको साहसीपनाले गर्दा विश्वमा नाम कमाएका छन्।ु

नेपालको इतिहासमा मगर जातिको योगदानको प्रसंग निकाल्दै थापाले भनिन्, ‘गोर्खा सैनिककै वंशज भए पनि नयाँ पुस्ताको प्रगति गर्व गर्ने लायकको छ। धर्मशालामा व्यापार व्यवसाय लगायत शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रमा समेत नयाँ पुस्ताले उल्लेख्य प्रगति गरेका छन्।ु

भारतको हिमांचल क्षेत्रको धर्मशालामा मगर जातिको बाहुल्यता रहेको छ। दोश्रो र तेश्रो पुस्ताका मगर समुदायहरु यो क्षेत्रमा सक्रिय रहेका छन्। मगर जाति तीक्ष्ण बुद्धिका साथै क्षमतावान् र धैर्यवान् रहेको भन्दै ‘दि खुकुरी बे्रभ्स, दि इलुस्ट्रेटेड हिस्ट्र अफ दि फस्ट गोर्खा राइफल्सु लेखिका थापाले भनिन् , ुहामीले आफ्ना सन्ततीलाई म नेपाली हो, म गोर्खाली हो र म मगर जातिको हो भनेर शिक्षा दिनुपर्ने आवश्यक्ता छ।ु

कार्यक्रमका मुख्य वक्ता तथा युवा नेता सन्दीप रानाले नेपालको निर्णायक तहमा मगर जातिको पहुँचको प्रसंग उल्लेख गर्दै भने, ‘राजनैतिक गतिरोधका विभिन्न कालखण्ड पार गर्दै जाँदा मगरहरुको विकासको गति सुस्त भएको हो तर हामीले प्रगतिको बाटोलाई औल्याउन छोड्यौं, त्यसैले मगर जाति पछाडि पर्यो भन्ने भ्रम रहेको छ। हामीले पनि नेतृत्व गर्नै सक्दैनौँ, अरुलाई पछयाउने जाति हो भनेर आफूभित्र लघुताभास जन्माएका छौँ।ु

तर नेपालको एकीकरणको समयमा समेत मगर समुदायको उल्लेख योगदान रहेको स्मरण गर्दै रानाले थपे , ुमगर समुदायको सहभागितामा द्रब्य शाहको पालामा जग बसालिएको लोकतान्त्रिक पद्धति शासन बसालिएको समृद्ध इतिहासलाई हामीले संझिनुपर्ने आवश्यक्ता छ।ु

ुनेपालमा विगतमा प्रजातन्त्रको नाममा जुन दलतन्त्रको बाहुल्यता बढेको छ , दलतन्त्र विभिन्न संगठनभित्रै एकतन्त्रको प्रणली विकासित भएको छ। विकासका क्रममा बाधा अवरोध आइरहेको छ, त्यसलाई चिर्न पनि यो समाजको आवश्यक्ता खटकिएको छ,ु उनले थपे।

कार्यक्रममा विशिष्ट अतिथि धर्मशाला निवासी उद्यमी तथा समाजसेबी नन्दिनी थापाले आफ्‍नो पूर्वजहरु नेपाली गोर्खाली भएको स्मरण गर्दै भारतमा बस्ने नेपालीहरुबीच सौहार्द तथा सुमधुर सम्बन्ध स्वस्फूर्त रुपमा स्थापित हुनुपर्ने उल्लेख गरिन्। नेपाली दूतावासका सँस्कृति काउन्सिलर होम प्रसाद लुँइटेलले भारतमा नेपालीहरुबीच जातिय एकताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन भुमिका खेल्ने बताए। अन्नपुर्णपोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार