म्याग्दीमा मेला र महोत्सव संचालनका लागि मापदण्ड तोकियो

बेनी आइतबार बैशाख ८ गते ।

म्याग्दीमा मेलामहोत्सव संचालनका लागि मापदण्ड तोकिएको छ । हालै बेनीमा रेडियो म्याग्दीले आयोजना गरेको महोत्सव विवादमा परेपछि मेला र महोत्सव नियमन गर्न मापदण्ड बनाईएको छ ।जिल्ला प्रशासन कार्यालयमा आईतवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको नगररगाउँपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत,राजनैतिक दल, प्रहरी र ब्यापारी सहितको बैठकले मेलारमहोत्सव संञ्चालन २२ बुंदे मापदण्ड तोकेको हो ।

महोत्सवमा ५ दिन बढी लगाउन नपाईने, साँझ ७ बजेभित्र मेला वन्द गर्नु पर्ने र मेलारमहोत्सव भित्र मदिरालाई पूर्ण प्रतिवन्ध लगाईको छ । जिल्लामा आयोजना हुने मेला र महोत्सवहरु मर्या्दित, उदेश्य अनुरुप र पारदर्शी बनाउन मापदण्ड निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

नयाँ मापदण्ड अनुसार अव जिल्ला भित्र संञ्चालन हुने मेलारमहोत्सव ५ दिन मात्र र साँझ ७ बजेभित्र बन्द गर्ने, राखिएका स्टलहरु भ्याटरप्यानमा अनिवार्य दर्ता हुनु पर्ने, मदिराको विक्रि वितरण पूर्ण बन्दज लगाईने, विद्यालय हाताभित्र मेला, जात्रा वा महोत्सव लगाउन नपाईने भएको छ ।

त्यसैगरी मेलारमहोत्सव आयोजक अनिवार्य दर्ता भै करको दायरामा आएको हुनु पर्ने, मेलामहोत्सव लगाउँदा स्थानीय सरकार र स्थानिय प्रहरीको अनिवार्य स्वीकृति लिनु पर्ने, स्वीकृतीकालागी निवेदन दिँदा मेलारमहोत्सवले ब्यापार, कला, संस्कृति, खेल कुन क्षेत्रमा के योगदान र्पुयाउने हो प्रश्ट खाका पेश गर्नु पर्ने छ ।

  • पुर्ण पाठ
  • म्याग्दी जिल्लामा संचालन हुने मेला तथा महोत्सव सम्बन्धी मापदण्ड, द्दण्ठ
  • जिल्ला भित्र विभिन्‍न संघ संस्थाको नामवाट आयोजना हुने मेला तथा महोत्सवहरुले जिल्लाको स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्दै जिल्लाको आर्थिक सामाजिक तथा सांस्कृतिक उन्‍नति गर्ने विश्‍वास गरिन्छ।मेला महोत्सवलाई आर्थिक, सामाजिक र साँस्कृतिक प्रवर्द्धन मैत्री बनाई जिल्लाको अपार पर्यटनको सम्भावनालाई सदुपयोग गर्न र सामाजिक, सांस्कृतिक विकृति, विसगती हटाइ अपराध नियन्त्रण गर्न र मेला महोत्सवलाई मर्यादित सभ्य एवं नैतिक आचरण युक्त बनाउन यो मापदण्ड म्याग्दी जिल्लाका सबै स्थानीय तहमा तत्काल कार्यान्वयनमा ल्याउने कुरामा हामी सहमत हुदै यो प्रतिबर्द्धता सहितको मापदण्ड जारी गरेका छौँ ।
  • १ कुनै पनि संघ संस्थाले मेला तथा महोत्सव संचालन गर्दा त्यस्तो मेला तथा महोत्सवले समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा पुर्‍याउने योगदानको खाका सहितको कार्यक्रम स्थानीय तहमा पेश गर्नु पर्ने छ ।
  • २ त्यसरी पेश गर्ने प्रस्तावमा मेला शुरु हुने मिति र समापन हुने मिति स्पष्‍ट गरि पेश गर्नु पर्ने छ ।
  • ३ स्थानीय तहहरुले स्थानीय सरकार संचालन ऐन, द्दण्ठद्ध अनुसार मेला महोत्सव संचालन गर्न पेश भएका प्रस्तावको मुल्याङ्कन गरि शान्ति सुरक्षाको प्रवन्धको लागि स्थानीय प्रशासनसँग समन्वय गरि सुरक्षा प्रवन्धको यकीन भए पश्‍चात बढिमा ५ दिन मेला तथा महोत्सव संचालन गर्न अनुमति दिन सक्नेछन् ।
  • ४ प्राकृतिक विपद तथा कुनै विशेष परिस्थितिको कारणले तोकिएको समय अवधिमा मेला महोत्सव समपन्न गर्न असमर्थ भएमा स्थानीय तहसँग सहमति गरि पहिला अनुमती दिएको दिनमा नबढ्ने गरि समायोजन गर्न सकिने छ।
  • ५ मेला महोत्सव संचालन गर्ने संघ संस्थाले सो संघ संस्थाको उद्देश्य अनुसारको मेला महोत्सव मात्र संचालन गर्न सकिनेछ ।
  • ६ कुनै पनि मेला तथा महोत्सवको अवधि साधारणतय बढिमा छ दिन गरिने कुरामा हामी प्रतिवद्ध छौँ । तर, विशेष महत्वका जिल्लाको पहिचान, संस्कृति, उत्पादन तथा पर्यटन प्रवर्द्धन गरि आर्थिक समृद्धिमा ठोस सहयोग पुग्ने खालका महोत्सव जिल्लाका सरोकारवालाहरुसँग सहमति गरि बढीमा ठ दिन सम्म संचालन गर्न सकिनेछ ।
  • ७ मेला तथा महोत्सवलाई मदिरा मुक्त बनाइने छ । मेला तथा महोत्सव स्थलभित्र खुला या बोतल बन्द कुनै पनि प्रकारको मदिरा बेचबिखन तथा सूर्तिजन्य बस्तु निषेध गरिएको छ ।
  • ८ मेला तथा महोत्सव स्थल भित्र जुवा, तास, खरखरे लगायतका जुवाजन्य खेलहरु ९पैसाको हारजित हुने० पुर्णत निषेध गरिएको छ ।
  • ९ कुनै पनि मेला तथा महोत्सवका कार्यक्रमहरु बेलुका ठ बजे भित्रै समापन गर्नु पर्ने छ ।
  • १० माथि ७, ८ र ९ को मापदण्ड विपरितका क्रियाकलाप भएमा मेला आयोजक संस्थाको संयोजक र त्यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई स्थानीय प्रशासनले कानूनी दायरा भित्र ल्याइ कारवाही गर्ने छ ।
  • ११ कुनै पनि शैक्षिक संस्थाको परिसर भित्र मेला तथा महोत्सव निषेध गरिएको छ ।
  • १२ मेला तथा महोत्सवको प्रचार प्रसार तथा सूचना सम्प्रेषण गर्दा ध्वनी प्रदुषण नहुने गरि गर्नु पर्ने छ ।
  • १३ मेला तथा महोत्सवमा सांस्कृतिक बिचलन नहुने गरि गीत, संगीत तथा नृत्यका मनोरञ्‍जनात्मक कार्यक्रम संचालन गर्नु पर्नेछ । कुनै अश्‍लिल गतिविधि भएको पाइएमा स्थानीय प्रशासनले कानूनी दायरामा ल्याइ कारवाही गर्ने छ ।
  • १४ मेलामा होहल्ला गर्ने, लैङ्गिक हिंसा जन्य गतिविधि गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कारवाही गरिनेछ ।
  • १५ मेला आयोजक संस्थाले मुनाफा आर्जन भन्दा सामाजिक भलाईको लागि मेलाको आयोजना गर्नु पर्ने छ । मेला महोत्सवलाई ठेक्कापट्टामा दिई सचालन गर्न पाइने छैन ।मेला महोत्सव समापन भएको मितिले मेलाको बढीमा १० ९दश दिन० र महोत्सवको हकमा १ ९एक० महिना भित्र आम्दानी तथा खर्चको विवरण सम्बन्धित स्थानीय तहमा बुझाई स्थानीय पत्र पत्रिकामा समेत सार्वजनिकरण गर्नु पर्ने छ । त्यस्तो सार्वजनिकरण नगर्ने संस्थालाई कालो सूचीमा राखि पुन मेला संचालन गर्न अनुमति दिइने छैन ।
  • १६ जिल्ला भित्र आयोजना हुने मेला तथा महोत्सवमा कम्तीमा पनि छण् प्रतिशत स्थानीय उत्पादनका स्टल राख्‍नु पर्ने छ ।स्थानीय उत्पादन भन्नाले नेपाल भित्र घरेलु तथा साना उद्मममा उत्पादन गरेको सामाग्रीरबस्तु सम्झनु पर्दछ । कृषि तथा पशुपालन उत्पदानका स्टल बाहेक अन्य स्टलहरुले पान विल प्रयोग गर्नु पर्ने छ ।
  • १७ मेला तथा महोत्सवमा गरिने सांस्कृतिक कार्यक्रमहरुमा स्थानीय कला तथा संस्कृति प्रबद्वन हुने खालमा गितहरु प्रस्तुत गर्नु पर्ने साथै कम्तीमा पनि ५ण् प्रतिशत स्थानीय कलाकर्मीहरुलाई प्रतिभा प्रवर्द्धन गर्न सहभागी गराउनु पर्ने छ ।
  • १८ आयोजकले मेलामा संचालन हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तालिका सम्बन्धित स्थानीय तह तथा स्थानीय प्रशासनरप्रहरीलाई उपलब्ध गराउनु पर्ने छ ।प्राप्‍त अनुमति अनुसार समयमै कार्यक्रम संचालन गर्ने दायित्व आयोजकको हुनेछ।
  • १९ संस्कृति तथा खेलकुदको विकास गरि युवा पुस्तामा मनोञ्‍जनको माध्यमवाट सकारात्मक सोचको विकास गर्न स्थानीय तहहरुले सहजकर्ताको भुमिका खेल्नु पर्नेछ।
  • २० मेला महोत्सव अवधिभरमा निस्कासन भएको फोहोर मैलाको उचित ब्यवस्थापन गर्ने दायित्व आयोजकको हुने छ । सो नभएमा बुदा नम्वर ८ बमोजिम कार्यवाही गरिने छ ।
  • २१ यस मापदण्दको सन्दर्भमा आवधिकरुपमा सरोकारवाला बीच समिक्षा एव छलफल गरि समायानुकुल पुनराबलोकन गरिने छ ।
  • २२ मदिरा नियन्त्रण र जुवा तथा लागु औषध निषेध गरि समाजलाई आर्थिक समृद्धिको वाटोमा उन्मुख गराउन मेला तथा महोत्सवलाई व्यवस्थित गर्न हामी सबै सरोकारवालाहरुले जिम्मेवारी पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार