लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा श्रेष्ठ

बेनी सोमबार बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लायन्स क्ल अफ बेनी पिस सिटीको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

बेनीमा सोमबार साँझ भएको अधिवेशनबाट नयाँ कार्यकालका लागि नरेश श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ ।

अध्यक्ष श्रेष्ठ संगै प्रथम उपाध्यक्षमा खम थापा मगर ,द्धितिय उपाध्यक्षमा सुवर्ण रिजाल , तृतिय उपाध्यमा भोज बहादुर रिजाल , सचिवमा विरेन्द्र श्रेष्ठ ,कोषध्यक्षमा सचिन शाक्य , टेमामा सन्दिप खत्रि,टेलट्वीष्टरमा बामदेव रिजाल, सहसचिवमा नन्दकुमार पाइजा , सह–कोषाध्यक्षमा हरिकृष्ण गौतम र रिपोर्टिङ डाइरेक्टरमा दिपक श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्ष नरेश श्रेष्ठ पुर्व तृतिय उपाध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा प्रमुख अतिथि सिनियर एओजि एमजेएफ लायन्स सन्तोष रावलले कार्यक्रमको उद्घाटन गर्नुहुँदै लायन्स क्लब नितान्त सामाजिक सेवामा समर्पित स्वतन्त्र संस्था भएको बताउनुभयो । उहाँले लायन्स क्लबको मुख्य लक्ष्य सामाजिक सेवा मार्फत समाजको विकासमा सहयोग गर्ने भएको बताउनुभयो ।


यसैगरि निर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको निति नियम अनुसार अगाडि बढ्ने बताउनुभयो । उहाँले गरिब, विपन्न , दलित विद्यार्थी लक्ष्यित तथा विभिन्न सामाजिक सेवाका लागि संस्थालाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष राजेश शाक्य,निवर्तमान अध्यक्ष लोकेश पुन मगर, रिजन चियर पर्सन दिपेन्द्र श्रेष्ठ,लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठ ,लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष विनय श्रेष्ठ,लायन्स क्लब अफ मल्लाज बेनीका अध्यक्ष श्रीलाल चापागाई,लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष अम्बिका श्रेष्ठ र लायनस क्लब अफ बेनी महारानीकी अध्यक्ष रञ्जिता शेरचनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष लोकेश पुन मगरको अध्यक्षता, प्रमुख अतिथि सिनियर एओजि एमजेएफ लायन्स रावलको प्रमुख आतिथ्यता ,प्रथम उपाध्यक्ष थापा मगरको स्वागत मन्तव्य र निवर्तमान सचिव भोजबहादुर रिजालको संचालनमा कार्यक्रम समापन भएको थियो ।


भने निर्वाचित अध्यक्ष श्रेष्ठले राष्ट्रिय भण्डा अभिवादन गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल दुई पत्रकार कमल खत्रि र ठाकुर प्रसाद आचार्यलाई क्लबले नगद तथा प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष विरेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन तथा निवर्तमान सचिव भोज बहादुर रिजालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार