स्थानीय तहमा नेकपाको एकता टुंगियो

बेनि, मंगलबार चैत २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको ६ वटै स्थानीय तहमा एकता प्रकृया टुंगो लगएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिका सहित ४५ वटै वडामा पार्टीको एकिकृत कमिटी गठन गरेका हुन् ।

जिल्लाका ६ मध्य ४ स्थानीय तहमा एमाले र २ स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व सम्हालेका छन् । स्थानीय तहको सवै कमिटिमा एमाले ५९ र माओवादी केन्द्रबाट ४१ प्रतिशत अनुपात राखेर एकेता प्रकृया टुंगो लगाईएको नेकपा म्याग्दीले जनाएको छ । एक हप्ताको अवधिमा जिल्लाको सबै स्थानीय तहमा एकता प्रकृया टुंगो लगाईएको नेकपा म्याग्दीका जिल्ला संयन्त्र सदस्य एवम गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले जानकारी दिए ।

एकता मार्फत गठन भएको नेकपाको बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी र सचिबमा राजकुमार थापा चयन भएका छन् । धवलागिरी गाउँपालिकाका अध्यक्षमा खुमनाथ सुवेदी र सचिबमा देउप्रसाद छन्त्याल चयन भएका छन् । बेनी र धवलागिरीमा नेकपाको गठित कमिटीमा अध्यक्ष तत्कालिन माओवादी केन्द्र र सचिब तत्कालिन एमालेको तर्फबाट चयन गरिएको छ भने रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकामा अध्यक्ष तत्कालिन एमाले र सचिब तत्कालिन माओवादी केन्द्रबाट चयन गरिएको छ ।

रघुगंगा गाउँपालिकामा अध्यक्षमा दिपक कार्की, सचिबमा हरि भण्डारी, अन्नपूर्ण गाउँपालिका अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्ण पाईजा, मंगला गाउँपालिकामा अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिबमा याम रोका र मालिका गाउँपालिकामा अध्यक्षमा बेगप्रसाद गर्वुजा र सचिबमा गोविन सिउथानी चयन भएका छन् । वडा तहमा समेत तत्कालिन दुई पार्टीले अध्यक्ष र सचिब पद एक अर्काले लिएर एकता गरेका छन् । नेकपा म्याग्दीले स्थानीय तहमा एकतालाई टुंगो लगाईसको छ भने जिल्ला नेतृत्वको लागि भने पार्टी केन्द्रमा दुबै पार्टीबाट लबिङ भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार