अस्पतालमा ‘सुरज दाइ’का पिडा

शिव बोहोरा
म हिड्न खोज्ने गोरेटोका फुलहरु
वारीबाट पारी तर्न खोज्ने पुलहरु

मेरो शिर माथिको आकाश
मेरो जिउँदो चिहान
सपनाको मेरा लहरहरु
यो सब देख्न र स्विकार्न जानेन
यो भगवान र यो रोगले
कुल्चन खोज्यो भत्काउन खोज्यो
र निमित्यान्न पार्न खोज्यो

पातमा अडेर कालिमा बगेको कमिलाझैं म
हिमालको हिउँ झैं गलेको सुरज के सि म
गोलि खाएर जङ्गलमा लडेको मृगझैं म
मेरा नशा नशामा शिक्षा छोरि
छोरिलाइ अस्पतालको बेटमा राख्न बाहेक के गरुँ

किनारको छाल जस्तै
भैदियो जिन्दगीमा माया त अनिकाल जस्तै
छोरिको निम्ति गाँसेका सपनाहरू
फाटेको बादल बनिदियो
र शिक्षा छोरिको नशा नशाबाट रगत
खोला सरि बाग्दै गयो।रुरुरु

अलिकती ब्यथा छन
अलिकती कथा छन
ब्यथा कारुणिक छ
जिन्दगीको कथा अधुरो छ
अनि अधुरो छ ।

सम्झाउथे सुरजले शिक्षा छोरिलाइ छोरी तिमिलाइ सन्चो हुन्छ भनेर
सम्झाउथेँ म आफैलाई शिक्षाको रोगको विकल्प रोज भनेर
तर यो बाँच्न बिर्सिएको जिन्दगीले
अनि उहित हो नि
रगतका पोकाहरू
औषधि गोटिहरू
इन्जेक्सनका प्यालाहरु
छोड्न जानेन

म सुरज के सि एउटा पात्र
कहि कतै अटिन
सडकका गल्लिहरु
चिसा भित्ताहरु
अस्पताल चिसा भुइँहरु
साथी बनिदिए ।

समय बित्दै गयो र छोरिले पनि आखा चिल्दै गैन
मेरो एउटा साथिले भने झै
आज हामी बिच शिक्षा रहेन्न
अब मलाइ यो भन्दा अर्को झटका चाहना छैन ।
त्यसैले हर वस्ती वस्तिमा
यो कविता सुनाउदै
अनि रुँदै
हिँडिरहेछु मेरो बाटोमा नआउ तिमी भन्दै।।।।।।।अस्तु ।

प्रकाशित मिती :बुधबार बैशाख १८ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार