कांग्रेसको जागरण अभियान औलमा

बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा नेपाली कांग्रेस म्याग्दीले जागरण अभियान संचालन गरेको छ ।

आमसभालाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक जिल्ला सदस्य ओम छन्त्यालले राज्यले जनता माथि गरेको दमन जनताबाट नै प्रतिकार गराउन र दुई तिहाईको सरकारको दम्भलाई तोडी देशमा सुशासन ,शान्ति तथा अमनचयन ल्याउन कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो । उहाँले सरकार काण्डैकाण्डमा मुछिएको आरोप लगाउनुहुदै सरकार पुर्ण रुपमा असफल भएको बताउनुभयो ।

संयोजक छन्त्यालले विभिन्न बाहनामा देशलाई दुर्घटनामा फसाउन दुई तिहाईको सरकार लागि परेको बताउदै देशको रक्षाका लागि सबै सचेत नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो । साथै जनताको आवाज राज्यको चौथो अंग पत्रकारहरुलाई दुई तिहाईको बलमा प्रतिबन्ध लगाउनु सरकारको ठुलो गल्ति भएको बताउनुभयो ।
साथै भ्रष्टाचार,हत्या हिंसा ,बलात्कार जस्ता गम्भीर विषलाई नियन्त्रण गर्नुको सातो बढवा दिने काम गरेको आरोप लगाउनुभयो ।

यसै गरी प्रवत्ता अजयमिलन श्रेष्ठ ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन तथा अभियानका सहसंयोजक एवम् जिल्ला सदस्य हिरा पुन मगरले जनताको आधारभुत आवश्यतालाई कुल्चेर ठुलाठुला सपना देखाई हावामा हिड्ने गरेको बताउनुभयो । देश र जनताले आधारभुत गास,बास, कपास तथा स्वास्थ्य सेवा पाउन नसकेको समयमा प्रधानभन्त्री ओलीले रेल पानिजहाजको कुुरा गर्नु धरातल भन्दा बाहिरको भएको बताउनुभयो ।

साथै सरकारले जनताको आवाज स्वतन्त्र पत्रकार माथि ल्याउन खोजिएको दमनकारी प्रेस काउन्सिल विधेयक फिता गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष गम बहादुर पुनको अध्यक्षता तथा जिल्ला सदस्य मनकुमारी विकको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार