कांग्रेसको जागरण अभियान च्युरिबोटमा ,‘नेकपाको अस्तित्व सकियो’ ःरोका मगर

बेनी, बुधबार जेठ ८ गते ।नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अध्यक्ष एवम् तरुण दल म्याग्दीका उपाध्यक्ष श्रीप्रसाद रोका मगरले दुई तिहाईको नेकपा सरकारको दम्भ र जनताको हित विपरित गरेका गलत कार्यको पर्दाफास गर्न कांग्र्रेसले गाउँगाउँमा जागरण अभियान संचालन गरेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका रोका मगरले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई छल्ने काम गरेको आरोप लगाउनुभयो । जनताले आशा गरे अनुरुप दुई तिहाईको कम्युनिष्ट सरकार काम नगरी जनतको मताधिकारको दुरुपयोग गर्ने गरेको बताउनुभयो ।

कांग्रेसले क्रुर राना शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्नुका साथै दश बर्ष जंगल पसेको विद्रोही माओबादीलाई सहमतिमा ल्याएर देशको मुलधारको राजनितक पार्टीको रुपमा स्थापित गराई गणतन्त्र स्थापना गरेको बताउनुभयो स्मरण गराउनुभयो । यसैगरी नेता रोका मगरले कांग्र्रेसले देशको विकास गरेको बताउनुहुँदै कांग्रेसले गरेको कामलाई विभिन्न बाहनामा नेकपाको सरकारले विभिन्न बाहनामा भत्काउने काम गरेको आरोप लगाउनुभयो ।

साथै उहाँले दुई तिहाईको सरकार काण्डैकाण्डैमा फसेको बताउनुभयो । उहाँले नेकपा राजनितिक रुपमा अस्तित्व सकिएको नाम मात्रको पार्टी भएको बताउनुभयो ।

‘न एमाले न माओमादी नेकपाको अस्तित्व समाप्त भएको छ । यस्तो पहिचान र अस्तित्व सकिएको पार्टीले देश र जनताको हितमा काम गर्न सक्दैन ,उहाँले भन्नुभयो । ’ ‘कांग्रेस मात्र देश र जनताको हितमा काम गर्ने पार्टी हो । आगामी चुनावमा कम्युनिस्ट पार्टीलाई जनताले मतको प्रयोग गरी पाखा लगाउने छन् । ’

अध्यक्ष रोका मगरले आफुले गाउँपालिकाको हरेक विकास निर्माण कार्यमा पार्टीगत रुपमा नभई स्थानिय जनताको हित र आधारभुत आवश्यकता आधारमा काम गर्ने गरेको बताउनुभयो ।

यसैगरी जागरण अभियानको वडा नं ४ र ५ को कार्यक्रम संयोजक जिल्ला कार्यसमिती सदस्य एवम् नेपाल छन्त्याल संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले दुई तिहाईको सरकार गलत बाटोमा हिदेकाले सहि बाटोमा ल्याउन र जनतालाई जागरुप बनाउन कांग्रेसले देशैभर जागरण अभियान संचालन गरेको बताउनुभयो । सरकारले जनतालाई ठग्ने काम गरेको बताउदै जनता आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारले विभिन्न बाहनामा जनताको घाटी निमोठ्ने र प्रेश स्वतन्त्रा माथि अंकुश लगाउने काम गरेको बताउनुभयो । नेकपाको सरकारको कारण राष्ट्रियता खतरामा परेको बताउनुभयो । नेकपाको सरकारले महङ्गी ,भ्रष्टाचार,हत्या हिंसा र अशान्तीलाई बढवा दिएको आरोप लगाउनुभयो । उहाँले सत्य कुरा लेख्ने प्रेश माथि हस्तक्षेप गर्न नहुने बताउनुभयो । उहाँले वडाको कारबाहि वडा कार्यालयबाट नै हुनुपर्ने बताउनुभयो । वडा कार्यालयको कामकारबाहि दरबाङबाट संचालन हुँदा सेवाग्राहीले सास्ती पाउने गरेको बतानुभयो ।

वडा कार्यालयबाट सेवा संचालन नगरे कांग्रेसले शसक्त कदम उठाउन बाध्य हुने बताउनुभयो । वडा इकाई सभापति तम बहादुर पुनको सभापतित्व ,गाउँ कार्यपालिका सदस्य याम बहादुर पुनको स्वागत मन्तव्य र तरुणदल वडा इकाई अध्यक्ष याम गुरुङको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य कमानसिङ पुन , चमु रोका , वडा नं ५ की अध्यक्ष पिपला बुढा , तरुण दल म्याग्दीका कार्यसमिती सदस्य अनिल राम्जाली लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार