कांग्रेसको राष्ट्रिय जागरण अभियान देविस्थानमा

बेनी ,बिहिबार जेठ ९ गते । नेपाली कांग्रेसको हिमाल ,पहाड र तराई राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ ।

वडा नं ५ स्थित देविस्थामा एक कार्यक्रम गरी जागरण अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले दुई तिहाईको नेकपा सरकारको दम्भ र जनताको हित विपरित गरेका गलत कार्यको पर्दाफास गर्न कांग्र्रेसले गाउँगाउँमा जागरण अभियान संचालन गरेको बताउनुभयो ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका रोका मगरले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई छल्ने काम गरेको आरोप लगाउनुभयो । जनताले आशा गरे अनुरुप दुई तिहाईको कम्युनिष्ट सरकार काम नगरी जनताको मताधिकारको दुरुपयोग गर्ने गरेको बताउनुभयो ।


कांग्रेसले क्रुर राना शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्नुका साथै दश बर्ष जंगल पसेको विद्रोही माओबादीलाई सहमतिमा ल्याएर देशको मुलधारको राजनितक पार्टीको रुपमा स्थापित गराई गणतन्त्र स्थापना गरेको बताउनुभयो स्मरण गराउनुभयो ।

तरुणदल म्याग्दीको जिल्ला कार्यसमिति उपाध्यक्ष समेत रहुनुभएका नेता रोका मगरले कांग्र्रेसले देशको विकास गरेको बताउनुहुँदै कांग्रेसले गरेको कामलाई विभिन्न बाहनामा नेकपाको सरकारले विभिन्न बाहनामा भत्काउने काम गरेको आरोप लगाउनुभयो ।


साथै उहाँले केही विकास काम गरेको दुई तिहाईको सरकार काण्डैकाण्डैमा फसेको बताउनुभयो । उहाँले नेकपा राजनितिक रुपमा अस्तित्व सकिएको नाम मात्रको पार्टी भएको बताउनुभयो । ‘न एमाले न माओमादी नेकपाको नेपालमा अस्तित्व समाप्त भएको छ । यस्तो पहिचान र अस्तित्व सकिएको पार्टीले देश र जनताको हितमा काम गर्न सक्दैन ,उहाँले भन्नुभयो । ’ ‘कांग्रेस मात्र देश र जनताको हितमा काम गर्ने पार्टी हो । आगामी चुनावमा कम्युनिस्ट पार्टीलाई जनताले मतको प्रयोग गरी पाखा लगाउने बताउनुभयो । ’


अध्यक्ष रोका मगरले आफुले गाउँपालिकाको हरेक विकास निर्माण कार्यमा पार्टीगत रुपमा नभई स्थानिय जनताको हित र आधारभुत आवश्यकताकाे आधारमा काम गर्ने गरेको बताउनुभयो । अध्यक्ष रोका मगरले वडामा भएका विकास निर्माणका बारेमा स्थानिय जनताहरु चनाखो भएर लाग्नुपर्ने बताउनुभयो ।


यसैगरी जागरण अभियानको वडा नं ४ र ५ को कार्यक्रम संयोजक जिल्ला कार्यसमिती सदस्य एवम् नेपाल छन्त्याल संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले दुई तिहाईको सरकार गलत बाटोमा हिडेकाले सहि बाटोमा ल्याउन र जनतालाई जागरुप बनाउन कांग्रेसले देशैभर जागरण अभियान संचालन गरेको बताउनुभयो ।

सरकारले जनतालाई ठग्ने काम गरेको बताउदै जनता आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेकपाको सरकारको कारण राष्ट्रियता खतरामा परेको बताउनुभयो । नेकपाको सरकारले महङ्गी ,भ्रष्टाचार,हत्या हिंसा र अशान्तीलाई बढवा दिएको आरोप समेत लगाउनुभयो ।


उहाँले सरकारले विभिन्न बाहनामा जनताको घाटी निमोठ्ने र प्रेश स्वतन्त्रा माथि अंकुश लगाउने काम गरेको बताउनुभयो । उहाँले सत्य कुरा लेख्ने प्रेश माथि हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
यसैगरी वडा अध्यक्ष पिपला बुढाथोकी मगरले नेकपा सरकारले मौलिक हक अधिकार खोस्ने काम गरेको बताउनुभयो । उहाँले मौलिक हक अधिकारका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

साथै कार्यक्रममा कार्यकर्ताले चुनावको समयमा मात्र आफुहरुलाई प्रयोग गर्ने गरेको गुनासो पोखे । उनिहरुले प्रश्न गरे, ‘हामि चुनावमा भोट हाल्नलाई मात्र चाहिने हो ? सबै नेताहरु केन्द्र मुखि भएकाले नेतृत्व नहुँदा हामी पछाडी परेका छौ ।’


वडा इकाई प्रमुख क्या अमलाल फगामीको सभापतित्व , राजमति बुढाथोकीको स्वागत मन्तव्य र वडा इकाई सचिव तुलप्रसाद बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य कमानसिङ पुन ,ओम प्रसाद राना, वडा नं ४ इकाई सभापति तम बहादुर पुन ,उपसभापति लुक बहादुर पुन , तरुण दल म्याग्दीका कार्यसमिती सदस्य अनिल राम्जाली तथा तरुणदल वडा इकाई अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार