ज्येष्ठ नागरिक तथा सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख ३१ गते ।
बेनी नगरपालिकाको आयोजनामा सोमबार म्याग्दीको सदरमुकाम बेनीमा ज्येष्ठनागरिक र सरोकारवालाहरुबीच अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठनारिकका अवस्था र समस्या बुझ्ने तथा समाधान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ज्येष्ठनागरिकहरु समाजका मार्गदर्शक भएकाले उनीहरुलाई माया, ममता, सम्मान र आदर गर्नुपर्ने बताए । उनले ज्येष्ठनागरिक लक्षित कार्यक्रमलाई जोड दिनुपर्ने भन्दै उनीहरुको इच्छा अनुसार आवश्यक सहयोग गर्नुका साथै सेवासुविधाहरु उपलब्ध गराउनुपर्ने बताएका छन् ।

कार्यक्रममा सहभागी ज्येष्ठनागरिकहरुले ३ पुस्तालाई सँगै राखेर तालिम दिनुपर्ने, वडावडामा ज्येष्ठनागरिक लक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, ज्येष्ठनागरिकका समस्यालाई ध्यान दिनुपर्ने, ज्येष्ठनागरिकमैत्री बजेट नीति तथा कार्यक्रम बनाउनुपर्ने र नैतिक शिक्षाको व्यवस्था मिलाउनुपर्ने जस्ता मागहरु गरेका छन् ।

कार्यक्रममा बेनपा–४, का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक गोविन्द पौडेल, ज्येष्ठनागरिक आरोग्य आश्रम गलेश्वरका उपाध्यक्ष पण्डित भीमनाथ पराजुली, कृष्णगण्डकी ज्येष्ठनागरिक सेवा समाज म्याग्दीका उपाध्यक्ष नैनकुमार श्रेष्ठ र सल्लाहकार सुदर्शनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रमको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले सहजीकरण गरेका थिए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्येष्ठनागरिक र सरोकारवालासहित ४० जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार