तीनवटा स्थानीय तहका जनप्रतिनिधिबीच अन्तक्रिया

बेनी ,मंगलबार जेठ ७ गते ।म्याग्दीको सदरमुकाम बेनीमा सोमबार तीनवटा स्थानीय तहका जनप्रतिनिधिहरुबीच अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको कार्यालयमा पोखरा महानगरपालिका र बेनी नगरपालिका तथा झापाको बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बिचमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्रको गतिविधिबारे जानकारी गराउँदै बेनपाका सबै वडामा सहज रुपमा सडक सञ्जाल पु¥याउन प्राथमिकता दिएको बताएका छन् । उनले ‘एक घर, एक धारा’को अभियान, फोहोरमैला व्यवस्थापन र धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधारहरु निर्माणमा जोड दिइएको बताए ।

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य सन्तु सुवेदीले आफ्नो महानगर क्षेत्रमा सञ्चालन गरिएका गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । बेनी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका सभापति सन्जु बरुवालले दुवै टोलीलाई स्वागत गर्दै बेनी नगरपालिकामार्फत समृद्ध नगर अभियान सञ्चालनका साथै महिलाको व्यक्तित्व, नेतृत्व र क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताएकी थिइन् ।

बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले सञ्चालन गरेको कार्यक्रममा नायव सुब्बा शिव शर्माले समेत नगरपालिकाका गतिविधिका बारेमा जानकारी गराएका थिए । अन्तर जिल्ला भ्रमणका क्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुसँग एकापसमा अनुभव साटासाट गर्नुका साथै भेटघाट गरिएको बताइएको छ । पोखरा महानगरपालिकाको २६ र झापाको बुद्धशान्ति गाउँपालिकाको १३ जना जनप्रतिनिधि एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा न्यायिक समितिका गतिविधिका बारेमा पनि जानकारी लिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार