दरबाङ इ‌ङलिस बोर्डीङ स्कुलको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस

दरबाङ ,शनिबार जेठ ४ गते । म्याग्दीको मालिका गाउँपालिका -६ दरबाङमा रहेको दरबाङ ईङलीस बोर्डिङ स्कुलले आफ्नो १० बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

गाउँपालिकाको केन्द्र दरबाङ बजारमा रहेको स्कुलले शुक्रबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले निजि विद्यालयहरुले परिमाणमा भन्दा गुणस्तरिय परिणाममा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष रोका मगरले निजि विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताउदै उहाँले आर्थिक व्यवसायिकता मात्र नभई सामाजिक दायित्व अन्तर्गत विद्यालय बाहिर रहेका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय आउने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य खड्क छन्त्यालले विद्यालयले शैक्षिक गुणस्तर संगै प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभयो । साथै उहाँले सरकारले विभिन्न बाहनामा निजि विद्यालयहरुलाई अंकुश लगाउने काम गरेको बताउँदै गुनासो पोख्नुभयो ।


वि सं २०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा एक देखी १० सम्म संचालन हुँदै आइरहेको प्रवन्ध निर्देशक गोविन सिंउथानी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा करिब साढे चार सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितीका सदस्य छन्त्यालको अध्यक्षता, लेखापाल दिवानी सापकोटाको स्वागत मन्तव्य र शिक्षक भिजन रोका मगरको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दरबाङका प्रतिनिधि नविन चालिसे,प्रभु बैैक दरबाङ शाखा प्रवन्धक विपिन चोखाल, गरिमा विकास बैंक दरबाङ शाखा प्रमुख नारायण शर्मा र जनप्रिय माविका प्रअ दिवारकर सुवेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती संगै विभिन्न खेलको प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार