देविस्थानको प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग

बेनी,मंगलबार बैशाख २४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको एक विद्यालयका विद्यार्थीहरुलाई एक बर्षका लागि शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । देविस्थानको घरथोकमा अवस्थित प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी दमप्रसाद कोरेठेगा मगरले स्थापना गर्नुभएको“दमप्रसाद कोरेठेगा फाउण्डेशन नेपाल”द्धारा एक बर्षका लागि सो शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।

फाउण्डेशनद्धारा उपलब्ध गराइएको सो सहयोग एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घर्ति,समाजसेवी धन बहादुर घर्ति ,चुमबहादुर फगामी,गणेश घर्ति र ईन्द्रमति घर्ति लगायतको उपस्थितीमा समाजसेवी एवम् फाउण्डेशनका संचालक कोरेठेगा मगरले विद्यार्थीहरुलाई वितरण गर्नुभएको समाजसेवी सुर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्ति मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार समाजसेवी एवम् फाउण्डेशनका संचालक कोरेठेगा मगरले स्वर्गिय वुवाआमाको स्मृतीमा विद्यालयलाई एक रोपनी जग्गा निशुल्क दान गर्नुभएको छ ।


सोमबार कक्षा एक देखी पाँच सम्मका ५५ जना विद्यार्थीलाई एक बर्ष सम्मका लागि शैक्षिक सामाग्रि वितरण गरिएको फाउण्डेशनका संचालक कोरेठेगा मगरले जानकारी दिनुुभयो ।
‘दुर्गम विद्यालयमा अध्ययनरत गरिव ,विपन्न तथा दलित परिवारका बालबालिकाहरुको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका हौं’ संचालक कोरेठेगा मगरले भन्नुभयो ।

‘बालबालिकाहरुलाई अध्ययनमा हौसला प्रदान तथा आर्थिक समस्यामा सहयोग पु¥याउने उद्धेश्यले यो अभियान संचालन गरिएको हो । सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उद्धघोष गर्दछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार