‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग

बेनी/बुधबार जेठ १५ गते ।लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न
बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा
आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग
गरिएको हो ।


लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर
पढाऔं अभियान अक्षयकोषबाट आर्थिक रुपमा विपन्न तथा अभिभावकविहिन बालक भण्डारीलाई
नगद नौहजार रुपैयाँ सहयो गरेको जनाएको छ । भण्डारीले बालगृह बसेर बेनीको
कालीपुलस्थित रहेको बालमन्दिर आधारभूत विद्यालयको कक्षा २ मा अध्ययन गर्दै आइरहेका छन्


सोही अवसरमा लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठले आफ्ना
स्वर्गीय पिता नैनकुमार श्रेष्ठको सम्झनामा बालगृहमा रहेका १३ जना बालबालिकालाई शैक्षिक
सामग्री र फलफुल वितरण गरेकी छिन् । उक्त सहयोग रकम र शैक्षिक सामग्री तथा फलफुल
बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र लायन्स क्लबका पदाधिकारीले सहयोग तथा वितरण
गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै बेनपाका उपप्रमुख बरुवालले पढाऔं अभियान अत्यन्त
सराह्रनीय काम भएकाले शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा लायन्स क्लबका रिजनचियरपर्सन दिपेन्द्र श्रेष्ठ, बाल सङ्गठनका कोषाध्यक्ष ज्ञानेन्द्र
श्रेष्ठ र लायन्स क्लब म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले मन्तव्य राखेका
थिए ।


लायन्स क्लबका अध्यक्ष श्रेष्ठले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको
सञ्चालन सचिव नविना थापा रावलले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार