परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया

बेनी बिहिबार बैशाख २६ गते । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षालाई व्यवस्थित र मर्यादीत बनाउनुपर्ने बताउनुभयो । परिक्षाको मर्यादा कायम राख्न शिक्षक र कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने शिक्षाध्यक्ष त्रिपाठीको भनाई थियो ।

कार्यक्रममा सहभागि प्रध्यापक तथा विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालयले परिक्षाको नतिजा प्रकाशनमा ढिलाई गरेको बताउदै छिटो नतिजा प्रकाशन गर्ने र शिक्षण बिधिलाई सुधारमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परिक्षा नियन्त्रक बिष्णुप्रसाद खनाल, सहायक नियन्त्रक अर्जुन भण्डारी र भुपाल श्रेष्ठले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी बहुमुखी क्याम्पस क्युएएको प्रक्रियामा रहेकाले परिक्षाको मर्यादा कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार