प्रधानमन्त्री ओलीले क्रिस्चियन धर्म प्रचारकबाट विद्यावारिधिको उपाधि लिएको खुलासा

काठमाडौँ शुक्रबार जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ ९स्पेसल निड्स एजुकेसनरएसएनई० मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअघि त्रिविसित समझदारी ९एमओयू० गरेको थियो । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत उक्त विषय सानोठिमी क्याम्पसमा स्नातक तहमा पठनपाठन गरिएको थियो । काङ्नाम विश्वविद्यालयले पन्ध्रदेखि बीस जना विद्यार्थीलाई मासिक चार हजार रुपैयाँ छात्रवृत्तिसमेत दिएको थियो ।

सहमतिअनुसार नेपालको विद्यार्थी र शिक्षकलाई कोरिया भ्रमण गराइएको थियो । काङ्नामले कोरियाका विद्यार्थी र अन्य टोलीलाई नेपाल भ्रमण पनि गराएको थियो । ‘कोरियाली टोली केही दिन काठमाडौंको औपचारिक कार्यक्रममा रहन्थ्यो,’ त्रिविका तत्कालीन विभागीय प्रमुख प्राध्यापक चन्द्ररमण पराजुली भन्छन्, ‘त्यसपछि टोली पोखरा भ्रमण गर्ने भनेर जान्थ्यो र कुनै दुर्गम गाउँ पुग्थ्यो । उनीहरूको मुख्य उद्देश्य धर्म प्रचार रहेछ भन्ने केही वर्षपछि थाहा पायौं ।’
प्राध्यापक पराजुलीले पनि विभागीय प्रमुखका रूपमा दक्षिण कोरिया भ्रमण गरेका थिए ।

‘विश्वविद्यालयका तर्फबाट एमओयू गर्ने बेला पूर्वजानकारी भएन,’ पराजुलीले भने, ‘सहमतिअनुसार विद्यार्थीले छात्रवृत्तिसहित विशेष शिक्षा विषय पढ्ने मौका पाए भन्ने मात्रै सोच्यौं । कार्यत्रम लागू भएको केही समयपछि हामी तीन जना कोरिया पुग्यौं । विभिन्न शैक्षिक संस्था घुमाइयो । आइतबारका दिन क्रिस्चियनको पूजापाठ गर्ने ठाउँमा लगियो । नेपालमा नेतृत्व गर्ने प्राध्यापक काङ स्वयं पास्टर रहेछन् । त्यो विश्वविद्यालय क्रिस्चियानिटीका निम्ति समर्पित रहेछ ।’

विश्वविद्यालयसित सहसम्बन्ध देखाएर नेपालको ग्रामीण भेग भ्रमण गर्ने काङ्नाम विश्वविद्यालयको स्वार्थ थाहा पाएपछि एमओयू तोडिएको प्राध्यापक पराजुलीले बताए । ‘कोरियाली टोली हरेक पटक पोखरा जान्थ्यो, त्यसमा पनि निश्चित गाउँ गन्तव्य हुन्थ्यो,’ अवकाश प्राप्त प्राध्यापक पराजुलीले भने, ‘त्यतिखेर विभागीय प्रमुखमै थिएँ । एक दिन कक्षामा उपस्थित हुन नसक्ने जनाउ दिएको थिएँ । कारणवश मेरो कक्षा समय नसकिँदै विभागमा पुगेँ । मेरो अनुमति नलिई अपरिचित व्यक्ति काङ्नाम विश्वविद्यालयको प्रतिनिधि भन्दै छिरेर मोटिभेसन कक्षा लिइरहेको भेटेँ । पालेले बदमासी गरेको रहेछ । मैले त्यो व्यक्तिलाई तुरुन्तै निकालिदिएँ ।’

त्यसपछि त्रिविले सन् २०१४ मा दक्षिण कोरियाको छाङहोङ नेसनल युनिभर्सिटीसित एमओयू गरी विशेष आवश्यकता शिक्षा ९एसएनई० सञ्चालन गर्‍यो । सन् २०१८ सम्म अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना ९लुपिक० चल्यो । हाल त्रिविमा स्नातकोत्तर ९एमएड० र स्नातक ९बीएड० तहमा विशेष शिक्षा विषय पढाइ भइरहेको छ । विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छन् । छाङहोङ नेसनल युनिभर्सिटी कोरियामै ६ जनाले विशेष शिक्षामा विद्यावारिधि ९पीएचएडी० शोध यही वर्ष पूरा गर्दै छन् ।

त्रिवि उपकुलपति तीर्थराज खनियाँले प्रधानमन्त्री ओलीलाई काङ्नाम युनिभर्सिटीले मानार्थ विद्यावारिधि दिने कुरा कार्यक्रमको दुई दिनअघि मात्र थाहा पाएको बताए । ‘काङ्नाम विश्वविद्यालय धर्म प्रचारक संस्था हो भन्ने मलाई थाहा थिएन,’ खनियाँले कान्तिपुरसित भने, ‘काङ्नामसित त्रिविले समझदारी तोड्नुको कारण मलाई थाहा छैन । त्यही विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने खबर कार्यक्रमको दुई दिनअघि मात्र थाहा पाएँ । कार्यक्रममा बाध्यतावश सहभागी हुनुपर्‍यो ।’

काङ्नाम विश्वविद्यालयको वेबसाइटमा उल्लेख भएअनुसार उक्त विश्वविद्यालय सन् १९४६ मा स्थापना भएको हो । ‘काङ्नाम विश्वविद्यालय प्राइभेट क्रिस्चियन युनिभर्सिटी हो,’ विश्वविद्यालयका प्रेसिडेन्टको भनाइ उल्लेख छ, ‘स्वर्गको पूजा र मानव जातिप्रति स्नेह गर्नु यसको उद्देश्य हो ।’ कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार