प्रेस स्वतन्त्रता माग गर्दै सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र

बेनी, मंगलबार बैशाख ३१ गते । नेपाल प्रेस युनियन म्याग्दीले सरकारले मन्त्री परिषदबाट पारित गरि ल्याएको प्रेस स्वतन्त्रता विधेयक संघीय संसद र राष्ट्रिय सभामा ल्याएको भन्दै त्यसको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले ज्ञापन पत्र बुझाउनुभएको हो ।

सरकारले बनाउन लागेको मिडिया काउन्सिल विधेयक आमसंचार विधेयकले स्वस्थ, स्वतन्त्र र मर्या्दित बनाउने नाममा निरंकुशता लाद्न खोजेको भनी विरोध गरेको छ । पत्रकारले समाचार लेखेकै आधारमा मुद्दा खेप्नेदेखि १० लाखसम्म जरिवाना र जेल बस्नुपर्ने प्रेस स्वतन्त्रता विरोधी कानुन तत्काल खारेज गरेर वर्तमान सरकारलाई जिम्मेवार बनि प्रेस स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा बुझाएको ज्ञापनपत्र सम्बन्धित ठाउँमा तत्काल पठाएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रम संचालन नेपाल प्रेस युनियनका सचिव साधन घर्ति राम्जालीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार