फुलबारी र बिममा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण

बेनी,विहिबार जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसनी नियन्त्रण अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना ,इलाका प्रहरी कार्यलय दरबाङको सहआयोजना र छहारी युवा क्लबको सहकार्यमा विहिबार फुलबारीमा कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले युवाहरुलाई लागु औषध दुव्र्यसनी तथा फौजदारी अपराध सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले लागु औषध दुव्र्यसनी स्वास्थ्यका लागि मात्र नभई समाजका लागि हानिकारक हुनुका साथै कानुनले पनि लागु औषध दुव्र्यसनीलाई प्रतिबन्ध लगाएको बताउनुभयो । लागु औषध दुव्र्यसनिले समाजमा अशान्ती पैदा गर्नुका साथै सुरक्षा चुनौती खदा गरेको बताउनुभयो ।

प्रनि पाण्डेले लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि कानुनी रुपमा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुहुँदै दुव्र्यसनी नियन्त्रणका लागि युवा , समुदाय आफै जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा छहारी युवा क्लवका अध्यक्ष तुल नारायण बुढाले लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि प्रहरी तथा स्थानिय युवाहरुसंग सहकार्य गर्ने बताउनुभयो ।
साथै प्रहरी विद्याल सम्पर्क कार्यक्रम अन्तर्गत वडा नं ७ विममा रहेको किसानी माविमा विहिबार विद्याथीहरुलाई लागु पदार्थ दुव्र्यसनीको बारेमा प्रशिक्षण गराइएको छ । कार्यक्रम गाउँपालिकाको सबै वडामा संचालन भइरहेको इप्रकाले जनाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार