मंगलामा नेकपाको सपथ

राजकुमार पाण्डे
बाबियाचौर शनिबार बैशाख २८ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

सपथ ग्रहणपछि अध्यक्ष पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको भावना र मर्म अनुसार संगठनलाई बलियो बनाउन, विकास निर्माणमा सक्रिय हुन र जनताको समस्या समाधानका लागि अग्रसर बन्न निर्देशन दिनुभयो ।

नेकपा मंगला गाउँपालिका कमिटिका अध्यक्ष प्रेमप्रसाद रेग्मीको अध्यक्षता र सचिव यामबहादुर रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेकपा म्याग्दीले जिल्ला, स्थानीय तह र वडा स्तरमा एकता टुङ्गो लगाएर संगठनलाई पूर्णता दिन र सपथ ग्रहणमा जुटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार